काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड-१९)बाट आज नेपालमा थप ७४३ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा आज (बुधबार) थप ७४३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो संगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ५५ हजार ९७९ जना पुगेको छ ।
थप ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा र्सक्रमण कारण थप ५ जनाको मृत्यु भएको छ । यो संगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको छ ।


