काठमाण्डौं – लोकगायक पशुपति शर्माको नयाँ लोकगीत कठै मेरो देशको हाल बजारमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेसँगै शर्माको नयाँ गीत आएको हो ।
उनले देशमा केहि होला कि भन्दाभन्दै धेरै वर्ष खेर गएको गीत मार्फत बताएका छन् । उनले राजनीतिलाई फोहोरी खेल भनेका छन् । जनताले नेताबाट धेरै दुःख पाएको भन्दै कसैको झोले बन्न नहुने सुझाव दिएका छन् ।
छिमेकी मुलुकले विकासका काममा धेरै फड्को मारिसक्दा पनि नेपालका नेताहरु भने कुर्सीकै लडाइँमा लागेको देख्दा जनता आजित बनेको गीतमार्फत बताएका छन् ।




















