काठमाण्डौं – पुस ५ गते आइतवार संसद विघटन गरेसँगै त्यसविरुद्ध परेको रिट सर्वोच्च अदालतमा आजबाट सुनुवाई सुरु हुने भएको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिलाई विपक्षी बनाएर गरिएको रिटको सर्वोच्चमा दर्जन रिट परेपछि आजबाट सुनुवाई हुन लागेको हो ।
आजका लागि केही रिटहरु पेशीको सूचीमा रहेका छन् । रिटहरुमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता बद्रीराज भट्ट, राजीव बास्तोलालगायतले बहस गर्दैछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा सर्वोच्चमा १२ वटा रिट दर्ता भएका छन् ।
रिट पेश गर्नेमा सन्तोष भण्डारी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, शुलभ खरेल, अधिवक्ता लोकेन्द्र बहादुर ओली, अधिवक्ता ज्ञानेन्द्र आरण, अधिवक्ता शालिकराम सापकोटा, अधिवक्ता कलमबहादुर खत्री, अधिवक्ता मनिराम उपाध्याय, अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता अमिता गौतम पौडेल रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले पनि संसद विघटनविरुद्ध रिट पेश गर्ने गरेका छन् ।




















