काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ७२२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा ७ हजार जनाको स्वाब परिक्षणमा क्रममा थप ७२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ४१२ जना पुरुष र ३१० जना महिला रहेका छन् ।
थप ३ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९८ जना पुगेको छ ।





















