काठमाण्डौं – केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकले २०७८ मंसिर २ गते पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (मंगलबार) बसेको बैठकले २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले पुष ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ । बैठकपछि ज्ञवालीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल समूहले बोलाएको कुनै पनि बैठकको वैधानिकता नभएको बताए ।
केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै ज्ञवालीले नेकपा विघटन नभएको र प्रतिनिधिसभा मात्र विघटन भएको बताए । उनले लोकतान्त्रिक दलहरु निर्वाचनबाट नडराउने उल्लेख गर्दै निर्वाचनमा नगएर दलहरु आन्दोलनमा जान्छन् भन्ने कुनै विश्वास नभएको बताए ।
बैठकले २ दिनभित्रै सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । भेलालाई सम्बोधन गर्दै ओलीले पार्टी विभाजनतर्फ नलागी महाधिवेशन आयोजना गरेर नेतृत्व घोषणा गर्ने उनले बताए ।


