काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।
बालुवाटारमा भएको बैठकले श्रेष्ठलाई हटाएर प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको हो ।
पार्टी हितविपरीत काम गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाएर ज्ञवालीलाई चयन गरिएको सहभागी एक नेताले बताए ।


