काठमाण्डौं – संसद्अ अधिवेशन माग गर्दै ११४ जना साँसदहरुले हस्ताक्षर संकलन गरेका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ११४ साँसदले हस्ताक्षर संकलन गर्दै अविलम्ब संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेका हुन् ।
आज संसद भवनमा भएको दाहाल– नेपाल समूहले प्रधानमन्त्रीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर वैशाख १७ र २७ गते चुनावको लागि स्वीकृति दिए पनि यो कदम गैर–संवैधानिक भएको भन्दै संसद् बैठक बोलाउन माग गरेको हो ।
बैठकले संविधानबमोजिम संसद् बैठक बोलाउने समय भइसकेकोले संसद् अधिवेशन बोलाउन माग गरेको नेकपाका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
संसद् बैठक माग गर्दै प्रतिनिधि सभाका ९० जना र राष्ट्रिय सभाका २४ जना सांसदले हस्ताक्षर गरेका हुन् ।
थप प्रक्रियाको लागि मङ्गलबार संसदीय दलको बैठक बोलाउने निर्णय समेत भएको छ ।




















