काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ७४२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा ६ हजार ३५१ जनाको स्वाब परिक्षणमा क्रममा थप ७४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ४४८ जना पुरुष र २९४ जना महिला रहेका छन् ।
थप ७ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९५ जना पुगेको छ ।





















