काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सांसदहरुले दर्ता गराएको अविश्वास प्रस्ताव कर्मचारीहरुले बदमासी गरेर समय हेरफेरी गरिदिएका छन् ।
सचिवालयका कर्मचारीको बद्मासीका कारण आइतबार बिहान १०ः५० बजे नेकपाका ९० जना सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा ओलीविरुद्ध अविस्वास प्रस्ताव दर्ता भएको समय परिवर्तन गरी ३ः३० बजे बनाएका हुन् ।
बिहान दर्ताा भएको प्रस्तावलाई समय हेरफेर गर्दा स्पष्ट रुपमा देखिने गरी सच्याईएको छ । आइतबारै सार्वजनिक भएको उक्त प्रस्तावबारे संसद सचिवालका रोजनाथ पाण्डेले फरक–फरक भनाई सार्वजनिक गरेको भिडियो नै सार्वजनिक भइसकेको छ ।
उक्त भिडियोमा पाण्डेले पहिला १०ः५० मा दर्ता भएको बताएका छन् भने अर्को भिडियोमा ३ः३० बजे भनेका छन् ।






















