काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा संबोधन गर्दै सरकारलाई काम गर्न नदिएका कारण ताजा जनादेशका लागि संसद विघटन गर्नुपरेको बताए ।
टेलिभिजन संबोधनमा सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रका केही नेताहरुको सत्तास्वार्थका कारण उत्पन्न घटना भएको बताएको बताएका हुन ।
प्रधानमन्त्री ओलीले निर्वाचनपछि नै राष्ट्रिय राजनीतिलाई विसङ्गत र अस्थिर बनाउने काम भएको र जनअपेक्षानुरुप सरकारले काम गर्न थाले पनि केही नेताहरुले निरन्तर अस्थिरताका लागि प्रयास गरेको आरोप समेत लगाए ।
ओलीले विपक्षी नेतालाई पनि उछिनेर आफ्नो पार्टीभित्रका केही नेताहरु पद र प्रतिष्ठामा मात्र केन्द्रित रहेको पनि जिकिर गरेका थिए ।




















