काठमाण्डौं – नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका साँसदहरुको भेला नयाँ बानेश्वरमा सुरु भएको छ ।
साँसदहरुको भेला संघीय संसद् भवनको ल्होत्से भवनमा सुरु भएको हो ।
भेलामा सहभागी साँसदहरुलाई प्रचण्डले पछिल्लो घटनाक्रमबारे जानकारी गराउने र कसरी अघि बढ्ने भन्नेबारे परामर्श गर्न लागेको अनुमान गरिएको छ । साथै सहभागीहरु संग सभामुखको विशेषाधिकार प्रयोग गरी संसद अघि बढाउने विकल्पमा पनि परामर्श गरिने भएको छ ।
भेलामा जानुअघि दाहालले गृहमन्त्रीसमेत रामबहादुर थापालाई भेटेका थिए ।




















