काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपासहितका ३ दलले संयुक्त रुपमा विरोध गर्ने तयारी गरेका छन् ।
सत्तारुढ नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् विघटन प्रति संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेका हुन् ।
विरोधको स्वरुप र कार्यक्रमबारे छलफल गर्न आज ३ दलले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठकबाट विरोधको स्वरुपका विषय ठोस निर्णय लिने तयारी छ ।
संसद् विघटन गर्ने सिफारिस र राष्ट्रपतिले सदर गर्ने दुवै निर्णय गैरसंवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक भएको निस्कर्ष सहित यसको सामुहिक प्रतिवाद गर्ने तयारी ३ दलको छ ।




















