काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा रहेका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।
संसद विघटनको विरोध गर्दै ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह सामूहिक राजीनामा दिएका हुन् ।
सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिएका हुन् ।



