काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिसको विरोधमा वर्तमान मन्त्रिपरिषदका ५ मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।
पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका ५ जनाले सामूिहक राजीनामा दिने तयारी गरेको हो । उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले भने राजीनामा दिने नदिने टुंगो भएको छैन ।
साँकेतिक तस्बिर


