काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टीले पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी थालेको छ ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितको बहुमत सचिवालय सदस्यहरुले स्थायी कमिटीको बैठकबाट अध्यष ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन् ।
आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ । सोही बैठकले ओलीमाथि कारवाहीको निर्णय गर्ने तयारी भइरहेको श्रोताले जनाएको छ ।
अहिले नेकपाको प्रचण्ड–नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । ओली भने बैठकमा नजाने अडानमा छन् ।


