काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेपाली कांग्रेसले आजलाई आकस्मिक बैठक बोलाएको छ ।
कांग्रेस पदाधिकारीको बैठक दिउसो १ः०० बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा हुने भएको हो ।
यसैबीच नेपाली कांग्रेसले संसद विघटनको सिफारिस गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै सशक्त प्रतिवाद गर्ने जनाएको छ ।
जननिर्वाचित संसदलाई यसरी विघटन गर्दा प्रमुख प्रतिपक्ष दल हेरेर नबस्ने र अन्य दलहरुलाई पनि साथ लिएर प्रतिवाद गर्ने तयारी भई रहेको काँग्रेसले जनाएको छ ।


