काठमाण्डौं – मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको प्रस्ताव राखेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल वैशाख आकस्मिक १५ गते निर्वाचन गर्न सिफारिस गरेका छन् ।
उनले सोही प्रस्ताव लिएर शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
आन्तरिक विवादमा अल्झीएको नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले हिजो मात्रै विभिन्न ब्यक्ति संग भेटघाट तिब्र बनाए संगै उनले ठुलै निर्णय लिने अनुमान गरिएको थियो ।




















