काठमाण्डौं – मन्त्रिपरिषद्को बैठकले संसद् विघटनको निर्णय गरेसँगै चारै वटा सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
सरकारको निर्णयसँगै आउन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजरी गरी उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइएको हो ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसद् विघटन गर्न राष्ट्रपति विद्यायदेवी भण्डारीलाई सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको मुख्यालय स्रोतले जनाएको छ ।
यस्तै नेपाली सेनाले पनि उच्च सुरक्षा सतर्कता अपनाउन सबै पृतनापतिहरूमा निर्देशन जारी गरेको छ । साथै गुप्तचर र सशस्त्र प्रहरीले पनि सुरक्षा सतर्कता अपनाउन निर्देशन गरेका छन् ।
साँकेतिक तस्बिर




















