काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ओलीले भेट नमाने पछी फर्किएका छन् ।
प्रचण्ड बालुवाटार पुगे पनि नेकपाका अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले भेट्न मानेनन् ।
प्रधानमन्त्री क्याविनेटबाट संसद विघटन गराउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेर शीतल निवास पुगेका छन् ।


