काठमाण्डौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।
प्रमुख विपक्षी दलका नेता देउवालाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर सहित अन्य नेताहरु बुढानिलकण्ठ पुगेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडी ल्याएको अध्यायदेशका बिषयमा छलफ गर्न नेताहरु देउवा निवास पुगेको अनुमान गरिएको छ ।
देउवालाई भेटन डा.बाबुराम भट्टराई र राजेन्द्र महतो पनि बूढानीलकण्ठ पुगेका छन् । भेटमा पछिल्लो समय देशमा देखिएको राजनैतिक उथलपुथलको समेत छलफल भएको श्रोतले दावी गरेको छ ।




















