काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ७१० जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा आज (सनिबार) थप ७१० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरृेको हो । यो संगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।
थप १२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा १२ को मृत्यु भएको छ । यो संगै नेपालमा संक्रमण कारण मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ ।


