काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जाँदैछन् ।
प्रधानमन्त्री ओली र सुवास नेम्वाङ प्रचण्डलाई भेट्न खुमलटार जान लागेका हुन् ।
प्रधानमन्त्री खुमलटार जाने भएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्तरिक द्वन्द चर्किएको बेला ओली प्रचण्डलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।
प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्रीको पछिल्लो कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पद त्याग्न गर्न दबाब दिँदै आएको बेला भेट्न जानुलाई पनि धेरै अर्थ पुर्ण रुपमा लिएका छन् ।
पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओली सबैबाट आलोचित बन्दै आएका छन् ।


