काठमाण्डौं – जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिन मौषममा आउने परिवर्तका कारण चिसो बढने भन्दै सबैलाई चिसोबाट बच्न आग्रह गरिएको छ ।
बिभागले मौषम परिवर्तन संगै चिसो बढने भन्दै सर्ब साधारणहरुलाई चिसोबाट बच्न आग्रह गरिएको हो ।
आज (शनिबार) प्रदेश–१, वागमती र गण्डकी प्रदेश केहीका भू–भागहरुमा आंशिक बदली रहने विभागले जनाएको छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने जनाएको छ ।
आज राति प्रदेश–१, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
भोली (आइतबार) दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका केही भू–भागहरुमा आंशिक बदली रही चिसो बढने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आइतबार राति नै कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहने समेत विभागले जनाएको छ ।
सोमबार दिउँसो कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका केही भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने समेत विभागले सूचना जारी गर्दै भनेको छ ।




















