काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझको लागि बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।
अध्यादेश फिर्ता गर्ने सहमति भएकै भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार साँझका लागि परिषदको बैठक बोलाएका थिए ।
आज राखिएको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सहभागी नजनाउने भएका थिए । सत्तारुढ नेकपाका नेताहरुले समेत बैठकको बिषयमा आपत्ति जनाएपछि परिषदको बैठक स्थगित गरिएको अनुमान गरिएको छ ।


