काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ७७६ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा क्रममा थप ७७६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ४६८ जना पुरुष र ३०८ जना महिला रहेका छन् ।
थप ६ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ जना पुगेको छ ।
उपत्यकामा मात्रै ३६३ जनामा संक्रमण
आज काठमाण्डौँ उपत्यकामा थप ३६३ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाण्डौँमा २७३ जना, ललितपुरमा ४९ जना र भक्तपुरमा ४१ जना संक्रमित रहेका छन् ।



