एजेन्सी – युरोपियन युनियन ‘ईयू’का २७ देशले एकै दिन कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु गर्ने भएका छन् ।
युरोपियन कमिसन अध्यक्ष उर्सुला भोन डेर लियनले ईयू राष्ट्रबीच एकताको सन्देश दिन पनि खोप अभियान एकैदिन शुरु गर्न लागिएको जानकारी दिएका हुन् ।
महामारी नियन्त्रणका लागि कुल जनसंख्याको कम्तीमा पनि ७० प्रतिशतलाई खोप लगाउनुपर्ने इयुको निष्कर्ष छ । ईयूले हालसम्म कहिलेबाट खोपलाई अनुमति दिने र अभियान शुरु गर्ने भन्ने स्पष्ट पारेको छैन ।
फाइजर र बायोएनटेकको खोपलाई अनुमति दिनेबारे ईयूमा आगामी साता छलफल शुरु हुँदैछ ।
्
बेलायत र अमेरिकाले फाइजर र बायोएनटेकको खोप लगाउन शुरु गरेपछि युरोपेली मुलुकमा पनि खोप शुरु गर्न दवाब बढेको छ ।




















