एजेन्सी – इरानी राष्ट्रपतिले अमेरिकी चुनावमा डोनल्ड ट्रम्पले राष्ट्रपति पद गुमाएकोमा खुशी व्यक्त गरेका छन् ।
राष्ट्रपति हसन रुहानीले इरानी टेलिभिजनमार्फत सम्बोधन गर्दै अमेरिकी निर्वाचनमा ट्रम्पको हार संगै बाइडेनको जितमा आफूलार्ई खुशी लागेको बताएका हुन् ।
उनले ट्रम्पको शासनकालमा बिग्रेको अमेरिकासँगको सम्बन्ध अब सुध्रिने समेत विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति रुहानीले टेलिभिजन बार्तामा ट्रम्पकै आदेशमा इरानका सेना प्रमुख कासीम सलेमीको हत्या भएको र दुई देशको सम्वन्धमा समस्या बढेको समेत उल्लेख गरे ।
पराजित भएपछि पनि ट्रम्प इरानमा मिसाइल आक्रमण गर्ने तयारीमा रहेको जानकारी आफूले पाएको रुहानीले बताएका छन् ।


