काठमाण्डौं – गत चैत्र महिनादेखि ठप्प रहेको काठमाण्डौं–दिल्ली उडान आजबाट शुरु भएको छ ।
नेपाल वायु सेवा निगमको एयरबस ए थ्रि ट्वान्टी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज विहान ११ः०० बजे दिल्लीका लागि प्रस्थान गरेको हो ।
८ जना बिजनेस क्लास र १३८ जना इकोनोमिक क्लासको यात्रु लिएर विमान दिल्ली गएको निगमले जनाएको छ । काठमाण्डौं–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक २ वटा उडान भर्ने निगमले जनाएको छ ।
कोरोना संक्रमण अघिसम्म निगमले प्रत्येक दिन २ उडान भर्दै आएको थियो । भारतले भने डिसेम्बर २४ अर्थात पौष ६ गतेबाट काठमाण्डौं उडान भर्ने जनाएको छ ।
चैत ११ गतेबाट नेपाल–भारत उडान बन्द भएको थियो ।


