काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।
यो सहमतिसँगै प्रधानमन्त्री ओलीको उपस्थितिमा बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको हो ।
स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको पटक पटक छलफल भएको थियो । प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएपछि बैठकमा सहभागी भएका हुन् ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको छ भने सत्तारूढ दल नेकपाका सांसदहरूले संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिकहाँ लगेको निवेदन पनि फिर्ता गर्ने सहमति जुटेको हो ।


