काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ७३६ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा ५ हजार ५५५ जनाको स्वाब परिक्षण गर्दा बुधबार थप ७३६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ४४५ जना पुरुष र २९१ जना महिला रहेका छन् ।
थप १३ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४३ जना पुगेको छ ।



