काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ९३६ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा मङ्गलबार थप ९३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।
थप १४ जनाकाृ मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ७३० जना पुगेको छ ।


