काठमाण्डौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद ९काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।
सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष दाहालले संविधानको मूल्य, मान्यता र भावनाविपरित भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताएका हुन् ।
दाहालले असंवैधानिक, परिवर्तन विरोधी र कुनियतका साथ आएकोले अध्यादेश तत्काल फिर्ता गर्नुको विकल्प नभएको बताएका हुन् ।
पहिला के थियाे ?






