काठमाण्डौँ – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले ओली सरकार बिरुद्व सडकमा उत्रिएको नेपाली काँग्रेसलाई बधाई दिएका छन् ।
डा.भट्टराईले वर्तमान सरकारले गरेको भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएकोमा नेपाली काँग्रेसलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रिएको भन्दै डा.भट्टराईले काँग्रेसलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
लोकतन्त्रमा राजनीतिका ३ प्रमुख कार्य क्षेत्र मध्ये सरकारमा सत्तापक्षको सदन तथा सडकमा विपक्षीको अधिकार र कर्तव्य रहने डा.भट्टराईले लेखेका छन् ।
कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखाएर स्थगित गरिएको सदन बोलाउन पहल गर्नुपर्ने भट्टराईले माग समेत गरेका छन् । आफ्नो पार्टी पनि छिट्टै एकता समायोजनको काम सडक र सदनमा गर्जने भट्टराईले बताए ।



