काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ८२१ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ हजार ४२३ जनाको स्वाब परिक्षण गर्दा थप ८२१ जनामा कोरोनो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ५०४ जना पुरुष र ३१७ जना महिला रहेका छन् ।
थप १८ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७१६ जना पुगेको छ ।



