सप्तरी – सप्तरीमा गए राती माछा मार्ने क्रममा भएको झडपमा परी १ महिलाको मृत्यु भएको छ ।
झडपमा परी बोदे बर्साइन नगरपालिका ३ की ४५ वर्षीया गंगियादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले पुष्टी गरेको हो ।
सोही झडपमा परी अन्य ४ जना घाइते भएका छन । घाइते मध्ये १ जनाको अवस्था गम्भीर छ । । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।
सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा भएको विवाद झडपमा परिणत भएको थियो । प्रहरीका अनुसार स्थानीयले बन्चरो, भाटालगायत सामग्री बोकेर झडपमा उत्रिए पछि उत्त घटना भएको थियो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।


