एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु भएको छ ।
४ हप्ता पहिले कोरोनाबाट संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको आइतबार मृत्यु भएको हो ।
छिमेकी देश दक्षिण अफ्रिकामा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनलाई डिसेम्बर १ मा उपचारका लागि दक्षिण अफ्रिका लगिएको थियो । कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो ।
ड्लामिनी सन २०१८ को नोभेम्बरमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एजवाटिनीमा हालसम्म ६ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण १२७ जनाको मृत्यु भइसकेको छ ।


