एजेन्सी – जर्मनीले बुधबारदेखि देशमा लकडाउन गर्ने भएको छ । कोरोना भाइरस संक्रमण झन् बढ्न थालेपछि बुधबार देखी लागुहुने गरी २६ दिन सम्म लकडाउन घोषणा गरिएको हो ।
लकडाउनमा अत्यावश्यक बाहेकका पसल तथा स्कुल कलेज बन्द गरिने जर्मन सरकारले जनाएको छ । लकडाउनको समयमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा हुनेछन् ।
संक्रमण र मृत्युदर बढेकाले क्रिसमस र नयाँबर्षको समयमै पनि लकडाउन गर्नुपरेको जर्मन चान्सलर एञ्जेला मर्केलले बताएकी छिन् । मर्केलले १६ राज्यमा अधिकारीहरुसँग छलफलपछि लकडाउनको घोषणा गरेकी हुन् ।
जर्मनीमा हालसम्म १३ लाख ३८ भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने २२ हजारभन्दा बढीको मृत्यु भई सकेको छ ।
लकडाउनका बेला क्रिसमसको ट्रि बेच्ने पसललाई भने खोल्न दिइने भएको छ ।


