कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा १ जना महिलाको हत्या भएको छ ।
चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया सुशीला खड्काको हत्या भएको हो ।
हत्या आरोपमा संगै बस्दै आएका उनका भजित तारणबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।
हत्या गरेकी महिलाको टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ ।




















