तेह्रथुम – तेह्रथुमको सुदाप भन्ने पोखरीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ ।
जिल्लाको छ थर गाउँपालिकाको सुदापमा पोखरीमा डुबेर ६ की ७ वर्षीया रञ्जना लिम्बु र ५ वर्षीया रोजनी लिम्बु तथा ८ वर्षीया सुहाना लिम्बु को मृत्यु भएको तेह्रथुम प्रहरीले पुष्टी गरेको हो ।
स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालिकाहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा पोखरीमा डुबेर मृक्त अवस्थामा भेटिएको पारिवारीक श्रोतले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
साँकेतिक तस्बिर


