काठमाण्डौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
आइतबार बिहान देखी लागू हुनेगरी पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रति लिटर २ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
यो संगै अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।
डिसेम्बर १ मा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।


