काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा ८९९ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरको प्रयोगशालामा गरिएको कुल ५ हजार २४२ जनाको स्वाब परिक्षणका क्रममा थप ८९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
यो सहित नेपालमा संक्रमितहरुको कुल संख्या २ लाख ४७ हजार ५९३ जना पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ५४७ जना पुरुष र ३५२ जना महिला रहेका छन् ।
थप १५ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । यो सहित संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ६८९ जना पुगेको छ ।



