काठमाण्डौं – नेपाल प्रहरीका नायव महानिरीक्षक विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको भोलिपल्ट मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गर्दै पोखरेललाई एआईजी बढुवा गरेको हो ।
बढुवा समितिले सरकारले थप गरेको दरबन्दीमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो ।
यता संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको भोलिपल्ट बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको हो ।
बढुवा भएका पोखरेललाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गरिएको छ । अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाललाई भने महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।
अतिरिक्त महानिरीक्षकमा बढुवा भएका पोखरेल भावी प्रहरी महानिरीक्षकका एक्ला दाबेदार बनेका छन् । उनी २०४९ चैतमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।


