चितवन – चितवनको जलबिरेमा बलेरो जिप अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिदा करेन्ट लागेर चालक सहित २ जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य ११ जना घाईते भएका छन् ।
आज बिहान ९ः५५ बजे जिल्लाको ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित सडकमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना. ४ च ५०५० नम्बरको बलेरो आफै अनियन्त्रित भई सडक छेवैमा रहेको फलामको बिजुलीको पोलमा ठोकिदा बोलेरो चालक र बोलेरोमा सवार अन्य १ जना गरी २ जनाको मृत्यु भएको चितवन प्रहरीले पुष्टी गरेको हो ।
पोलमा ठोक्किँदा करेन्ट सर्ट मृत्यु भएका अर्का ब्यक्तिको सनाखत हुन सकेको छैन । घाइतेमध्ये ११ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।




















