काठमाण्डौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर भएको बताएका छन् ।
डा.भट्टराईले मृत्युशैय्यामा रहेको मान्छेले कहिल्यै झुटो बोल्दैन तसर्थ मृत्यु अघि लामाले लेखेका कुरा निकै गंभिर र मार्मिक रहेको बताएका हुन् ।
सत्तारुण नेकपाका प्रबत्ता नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै उनले आज ट्विटमा ‘जतिसुकै तर्क/
कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्ष नेतृत्वमा रहने जुनसुकै व्यक्तिका निम्ति क्षम्य हुनै नसक्ने’ भनेका छन् ।
नेकपा केन्द्रीय सदस्य तथा पूर्व सांसद लामाले निधन हुनुभन्दा केही दिनअघि फेसबुकमा लामो स्टाटस लेखेका थिए ।
नेताहरुले आफूलाई बर्बाद बनाएको र आफ्नै कान्छी श्रीमतीले समेत जीवनको अन्तिम अवस्थामा आएर धोका दिएको उनले उल्लेख गरेका थिए ।
को नेता भन्ने लामाले नखुलाए पनि बिहीबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले हाइड्रो पावरको सेयर विवादमा संवाद गरेको भिडियो बाहिरिएको थियो ।


