एजेन्सी – अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ ।
जलालाबादमा रहेको कार्यालय जाने क्रममा बिहीबार मलाला माइवन्डको गोली हानी हत्या गरिएको हो ।
गोली लागेर उनका चालक मोहम्मद ताहिरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणको जिम्मेबारी कुनै समूहले लिएको छैन ।
माइवाण्ड एनिकास टिभी र रेडियोमा काम गर्थिन । उनी नागरिक समाजकी अभियन्ता पनि हुन ।
नागरिक अभियन्ता उनकी आमाको पनि ५ बर्ष अघि बन्दुकधारीले गोली हानी हत्या गरेका थिए ।
आक्रमणको बेलायती दूतावासले निन्दा गरेको छ । गत महिना पाकिस्तानमा टेलिभिजन प्रस्तोता यामा सियावशको हत्या भएको थियो ।
अन्य २ जना पनि बम विस्फोटमा मारिएका थिए । अफगान सरकार र तालिवानबीच दोहामा भइरहेको वार्ताको क्रममा पछिल्लो घटना भएको हो ।
दुवै पक्षको प्रारम्भिक मुद्दाबारेमा केही प्रगति भएपनि शक्ति बाँडफाँट सम्झौताबारे छलफल हुन सकेको छैन ।


