काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १ हजार २१७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा ७ हजार २३२ स्वाब परिक्षण गर्दा थप १ हजार २१७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ७७४ जना पुरुष रहेका छन् भने ४४३ जना महिला रहेका छन् ।
थप १२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा यो सहित संक्रमणवाट १ हजार ६६३ जनाको मृत्यु भएको छ ।



