काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आउदो सोमबार अर्थात मंसिर २९ गते सरकारविरुद्ध ७७ वटै जिल्लामा बृहत प्रदर्शन गर्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिकलण्ठमा आज (बिहीबार) बसेको पदाधिकारी बैठकले पार्टी बरिष्ठ नेता रामचन्द्र पौडेललाई दुर्व्यवहार गरेको विरोधमा २९ गते सबै जिल्लामा सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने निर्णय गरेको हो ।
सरकारले भ्रष्टाचारलाई संरक्षण दिएको र कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको कांग्रेसले निस्कर्ष समेत निकालेको छ ।
कांग्रेसले मोरङमा बर्बर ढंगले शिक्षक हत्याको भएकोमा विरोध जनाउँदै कडा कारबाहीको माग समेत गरेको छ । कांग्रेसले चन्द नेतृत्वको नेकपालाई ब्यक्ति हत्याको बाटो छोडेर शान्तिपुर्ण मार्गमा आउन आग्रह समेत गरेको छ ।
कांग्रेसले फरक विचारधारालाई सरकारले दुस्मनका रुपमा हेरेको, कतिपय ठाउँमा कांग्रेस कार्यकर्ताको हत्या र कुटपिट भएको, तनहुँमा वरिष्ठ नेतामाथि दुर्व्यवहार गरिएको भन्दै यसअघि नै आन्दोलन गर्ने जनाएको थियो ।
पदाधिकारी बैठकमा चौधौं महाधिवेशनको तयारीका कृयाशिल सदस्य एवं जनसम्पर्क समितिबारे पनि छलफल भएको नेताहरुले बताएका छन् ।


