रसुवा – रसुवामा ६ वर्षीय बालिकाको हत्या भएको विभत्स हत्या भएको छ ।
आइतबार स्कुलबाट हराएकी सुमिना तामाङको हत्या गरिएको अवस्थामा कालिका गाउँपालिका १ स्थित नागुर्दुङको ओडारमा फेला परेको हो
आइतबार दिउँसो ग्राङ प्राविबाट पढेर फर्किएने क्रममा बालिका बिचबाटो बाट नै सम्र्पक बिहीन भएकी थिइन । बालिका घर नआएपछि आफन्तले सोमबारमात्र प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको ब्यापक खोजतलास पछि मंगलबार साँझ बालिकाको शव नागुर्दुङको ओडारमा फेला परेको थियो ।
रसुवा प्रहरीका अनुसार बालिकाको विभत्स तरिकाले हत्या गरिएको जनाएको छ । बालिकाको हत्यापछि शवलाई ओडारमा स्याउलाले छोपेर राखिएको थियो ।
प्रहरीले हत्याको अभियोगमा १९ वर्षीय युवतीलाई नियन्त्रणमा लिएको छ । नुवाकोट किस्पाङ गाउँपालिकाकी १९ वर्षीय सपना तामाङलाई प्रहरीले नियन्त्रणको हो । युवतीले कानमा लगाएको मुन्द्री लिनका लागि आफूले बालिकाको हत्या गरेको समेत स्विकार गरेकी प्रहरीले जनाएको छ ।
पक्राउ परेकी सपना आइतबार नै स्कुल वरपर देखिएको भन्ने सूचनाको आधारमा प्रहरीले उनको खोजी गरेको थियो । उनी पेशेवार चोर भएको अनुसन्धानबाट खुल्न समेत आएको छ । बालिकाको उत्त मुन्द्री सपनाले ६ हजारमा बिक्री गरेको समेत खुल्न आएको छ ।


