काठमाडौं – पश्चिमी वायुको प्रभावका कारण बिहीबार देशका अधिकांश स्थानको मौसम बदली हुनेछ ।
बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २ र वाग्मति प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
प्रदेश नम्बर १ का पहाडी १÷२ स्थानमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको मौषम पुर्वानुमान शाखाले गरेको छ । आज तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान १० डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।


