एजेन्सी – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको १०० दिनमा १० करोड अमेरिकीलाई खोप दिने प्रतिबद्धता जनाएका छन ।
उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने भएपनि संक्रमणको अवस्थामा सुधार ल्याउने बाचा उनले गरेका हुन ।
जनवरी २० मा कार्यकाल सुरु गर्दा हुने स्वास्थ्य कार्यदललाई परिचय गराउदै उनले १०० दिनसम्म मास्क लगाउन आग्रह पनि गरे ।
यसैबिच अमेरिकी नियामकले फाइजर र बायोएन्टेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ । औपचारिक निर्णयका लागि एफडिएको बैठक बिहीबार हुँदैछ । त्यस्तै राष्ट्रपति ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्नका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
अन्य देशमा खोप पठाउने सम्झौता गरिसकेका उत्पादकहरूका हकमा सो आदेशले कसरी काम गर्छ कि गर्दैन भन्ने अझै खुलेको छैन । उनले केही दिनमा नियामक खाद्य तथा औषधि निकायले खोपको प्रयोगका लागि स्वीकृति दिनेमा आफू आशावादी भएको उल्लेख गरेका छन ।




















